काठमाडौं– नेपाल आयल निगमले चुुनाव सकिए लगत्तै पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको छ।
निगमले शुक्रबार रातिबाट लागू हुनेगरी पेट्रोलमा २ रुपैयाँ, डिजेलमा ३ रुपैयाँ र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मुल्यवृद्धि गरेको हाे।
मुल्य बढेपछि पेट्रोलको मूल्य प्रतिलिटर एक सय रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७७ रुपैयाँ पुगेको छ।
यसैगरी, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँले वृद्धि भएको छ।
निगमले यस अघि नै इन्धनको मुल्य बढाएपनि सरकारले निर्णय फिर्ता लिन निर्देशन दिएका थिए।





प्रतिक्रिया