काठमाण्डु – पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन् । ६ विद्यार्थी संगठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवर र अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाश शाही र अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले संयुक्त विज्ञप्ति निकालेका हुन् ।
आयल निगमभित्रका भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन विभिन्न उपायहरुको खोजी गर्नेतर्फ पूर्ण उदासिन रही केबल अन्तर्रास्ट्रिय बजारको मूल्य समायोजनको नाममा एकोहोरो रुपमा गरिएको मूल्यवृद्धिप्रति विद्यार्थी संगठनहरुले कडा आपत्ति जनाएका छन् ।





प्रतिक्रिया