काठमाण्डु – सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने भएकाे छ । मन्त्रिपरिषद बैठकले सैद्धान्तिक सहमति दिएपछि अर्थ मन्त्रालयले पूर्वाधार र भन्सार करवापत प्रतिलिटर १० रुपैयाँ कर घटाउने तयारी गरेको हो।
पेट्रोलमा १० रूपैयाँ पूर्वाधार कर लाग्दै आएको छ। यसैलाई हटाइने गृहकार्य भइरहेको अर्थ मन्त्रालय स्रोतले बताएको हो। स्रोतका अनुसार पूर्वाधारवापत ५ रुपैयाँ र भन्सार शुल्क ५ रुपैयाँ गरी १० रुपैयाँ घटाइनेछ । बजेटमार्फत पनि यसलाई सम्बोधनको तयारी गरिएको छ ।
यसघि नेपाल आयल निगमले सरकारसँग लिटरमै १५ रुपैयाँ कर घटाउन प्रस्ताव गरेको थियो । हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टितेलको १६३ रुपैयाँ पुर्याइएको छ ।




प्रतिक्रिया