काठमाण्डु – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ ।
शुक्रबारदेखि लागू हुने गरी पेट्रोल प्रति लिटरमा तीन रुपैयाँ र डिजेल–मट्टीतेल प्रति लिटरमा एक रुपैयाँ भाउ घटाइएको हो ।
अब पेट्रोलको भाउ पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा प्रतिलिटर १ सय ५३ रुपैयाँ ५० पैसा पर्नेछ ।
यस्तै दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटिर १ सय ५५ रुपैयाँ तथा तेस्रो वर्ग अन्तर्गत काठमाण्डु, पोखरा र दीपायलमा प्रतिलिटर १ सय ५६ रुपैयाँ पर्नेछ ।
यस्तै डिजेल र मट्टीतेलको भाउ पहिलो वर्गका लागि प्रतिलिटर १ सय ३३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ३५ रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ३६ रुपैयाँ तोकिएको छ ।





प्रतिक्रिया