पेट्रोलियम पाइपलाइनको उद्धाटन भिडियो कन्फरेन्समार्फत गरिँदै

पेट्रोलियम पाइपलाइनको उद्धाटन भिडियो कन्फरेन्समार्फत गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल–भारत पेट्रोलियम पाइपलाइन आगामी २४ गते उद्घाटन हुने भएको छ । पाइपलाइनको उद्धाटन दुवै देशका प्रधानमन्त्रीले भिठियो कन्फरेन्समार्फत आफ्नो देशमा स्विच थिचेर गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

उद्घाटनको प्रत्यक्षप्रसारणमार्फत अमलेखगञ्ज डिपो, भारतको मोतीहारी डिपो र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय समेत जोडिने बताइएको छ ।

मध्याह्न १२ः१५ बजे पाइपलाइन उद्घाटन समय तय गरिएको मन्त्रालयले जनाएको छ ।उद्घाटनसँगै पाइपको तेल दुई देशका प्रधानमन्त्रीले स्विच अन गरी अम्लेखगञ्ज डिपोमा खसालिनेछ ।

नेपालतर्फको पाइपलाइनको सुरक्षा जिम्मा नेपाली सेनाले पाएको वाणिज्य मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले बताइन् ।

यसअघि नै पाइपलाइनको सफल परीक्षण भइसकेको छ । नेपालतर्फ ३७.२५ र भारततर्फ पाइपलाइनले ३२.६५ किमि लम्बाइ समेटेको छ ।