फाइजर र मोर्डना खोप लगाएका व्यक्तिमा मुटु सुन्निने समस्या, ५ जनाको मृत्यु

फाइजर र मोर्डना खोप लगाएका व्यक्तिमा मुटु सुन्निने समस्या, ५ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरस संक्रमणविरुद्ध लड्न फाइजर र मोर्डनाले उत्पादन गरेका खोप लगाएका व्यक्तिहरुमा मुटु सुन्निने समस्या देखा पर्न थालेको छ । फाइजर र मोर्डनाको खोप लगाएका विशेष गरि युवाहरुमा मुटु सुन्निने साइड इफेक्ट देखिएको युरोपियन मेडिसिन एजेन्सीले जनाएको छ । तर यो साइड इफेक्ट निकै दुर्लभ रहेको पाइएकाे छ ।

खोप लगाएकाहरुलाई आफूमा मुटु सुन्निने सम्बन्धी साइड इफेक्टको लक्षणलाई लिएर चनाखो बन्न चिकित्सकहरुले आग्रह गरेका छन् । छाती दुख्ने, स्वासको कमी महसुस हुने तथा मुटुको चाल असामान्य हुनेसहितका लक्षण देखिने बताइएको छ । अधिकांश समस्याहरु खोप लगाएको १४ दिन भित्र देखिने गरेको छ ।

मुटुको मसल सुन्निने (मायोकार्डाइटिस) र पेरिकार्डाइटिस गरि दुई समस्या खोपसँग जोडिएको इएमएले जनाएकाे छ । फाइजर–बायोएनटेकको खोप लगाएका १४५ जनामा मायोकार्डाइटिस र १३८ जनामा पेरिकार्डाइटिस समस्या देखिएको छ । विश्वमा अहिलेसम्म यो खोपको १७७ मिलियन मात्रा दिइएको छ ।

यस्तै मोर्डनाको खोप लगाएका १९ जनामा मायोकार्डाइटिस र १९ जनामा पेरिकार्डाइटिस समस्या देखिएको छ । यो खोपको २० मिलियन मात्रा दिइएको छ । यी समस्या देखिएका मध्ये पाँचजनाको ज्यान गएको इएमएले जनाएको छ ।