एजेन्सी – फिलीपीन्सले अमेरिकासंगको सैन्य सम्बन्ध अझै मजबुत बनाउने जनाएको छ । साउथ चाइना सी मा चीन र फिलीपीन्सवीच विवाद भइरहेको वेला उसले अमेरिकासंगको सैन्य सम्बन्धलाई बलियो बनाउने संकेत दिएको हो । फिलीपीन्सका राष्ट्रपति रोड्रिगो डुटर्टे अमेरिकासंगको दुई दशक पुरानो भिजिटिंग फोर्सेस एग्रिमेण्टलाई अघि बढाउने निर्णय गरेका हुन् ।
फिलीपीन्सका विदेश मामिला सचिव तियोदोरो लोक्सिनले मंगलवार उक्त सम्झौतालाई कायम राख्ने बताएका छन् । १९८८ मा हस्ताक्षर भएको उक्त सम्झौताअनुसार अमेरिकी सैन्य विमान र जहाजको फिलीपीन्समा निर्वाद रुपमा प्रवेश दिने र अमेरिकी सैन्य कर्मचारीहरुको लागी भिसा समेत सहज रुपमा दिनुपर्ने अवस्था थियो ।
गत फरवरीमा फिलीपीन्स सरकारले उक्त सम्झौता समाप्त गर्ने भन्दै अमेरिकालाई १८० दिनको नोटिस दिएको थियो । तर, आफ्नै निर्णयबाट एकाएक पछाडी फर्कनुलाई धेरैले डुटर्टेले वासिंगटनसंगको सम्बन्ध मजवूत बनाउन खोजेको अर्थमा लिएका छन् ।
२०१६ मा सत्तामा आएका डुटर्टेको चीनसंग निकट सम्बन्ध थियो । उनी २०१८ मा चीन भ्रमण जानुअघि अहिलेको अवस्थामा अरुभन्दा आफुलाई चीन आवश्यक रहेको अभिव्यक्ति समेत दिएका दिए ।
अमेरिकाले फिलीपीन्ससंग तनाव बढेपछि मनीला नजिक रहेको सैन्य बेस भियतनाममा सार्ने तयारी समेत गरेको थियो । कोरोना भाइरसको महामारीपछि विश्व राजनीतिमा देखिएको फेरबदल र फिलीपीन्सको विग्रदो अर्थव्यवस्थाका कारण उनले अमेरिकासंगको सम्बन्ध सुमधुर बनाउन खोजेका हुन् । अमेरिकाले उक्त निर्णयको स्वागत गरेको छ ।
मनीलास्थित अमेरिकी दूतावासले फिलीपीन्स सरकारको उक्त निर्णयको स्वागत गर्दै दुवै देशबीच लामो समयदेखी चल्दै आइरहेको गठवन्धनबाट दुवै देशलाई फाईदा पुगेको भन्दै आगामी दिनमा घनिष्ठ सुरक्षा तथा रक्षा सहयोगको लागी तत्पर रहेको प्रतिक्रिया दिएको छ । फिलीपीन्समा अमेरिकाको दुई सैन्य बेस रहेको छ । अमेरिकी सेनाको फिलीपीन्समा रहेको क्लार्क एयर बेस र सुबिक बे नेवल स्टेशन अमेरिकाभन्दा बाहिर रहेको ठुला अमेरिकी सैन्य बेस हुन् ।
साउथ चाइना सीमा चीनको बढ्दो प्रभाववाट फिलीपीन्स अमेरिकातिर ढल्केको विश्लेषकहरुको दावी छ । चीनले फिलीपीन्सले दावी गर्दै आएको द्धिपमा आफ्नो सैनिक उपस्थिती मजबूत बनाइसकेको छ । साउथ चाइना सी हुंदै संसारको ३० प्रतिशत व्यापार हुने भएकाले पनि दुनियांको ध्यान यसैमा केन्द्रित छ ।
चीनले एक दशकमा कैयौं कृत्रिम द्धिपको निर्माण समेत गरेको छ । चीनले पुरै साउथ चाइना सी मा आफ्नो दावी गर्दै आएको छ भने भियतनाम,फीलीपीन्स, ब्रुनेई,मलेशिया र ताइवानले पनि आ आफ्नो भएको दावी गर्दै आएका छन् ।
गत फरवरीमा चीनको एक युद्धपोतले फिलीपीन्सको फिग्रेटमाथी लेजर गन समेत प्रहार गरेको थियो । अमेरिकासंगको सैनिक सम्बन्ध मजबूत बनाउने यो सम्झौतालाई निरन्तरता दिने फिलीपीन्सको यो निर्णयपछि चीनसंगको सम्बन्ध भने खराव हुने बताईन्छ ।




प्रतिक्रिया