जेफ बेजोसको मोबाइल साउदी युवराजले गरे ‘ह्याक’


एजेन्सी – अमेजनका सीईओ जेफ बेजोसको मोबाइल फोन २०१८ मा एक ह्वाट्सएप मेसेज प्राप्त भएपछि ह्याक भएको थियो । उक्त मेसेज साउदी अरबका युवराजको व्यक्तिगत एकान्टाबाट पठाइएइको जानकारी स्रोतले गार्जियनलाई दिएका थिए ।

मोहम्मद बिन सलमानद्वारा प्रयोग गरिएको नम्बरबाट इन्क्रिप्ट गरिएको सन्देशमा एक मालासियस फाइल समावेश थियो । जसले डिजिटल फरेन्सिक विश्लेषणका अनुसार विश्वकै धनी व्यक्तिको फोनमा घुसपेठ गरेको थियो ।

यसबाट साउदी युवराजको एकाउन्टबाट पठाइएको इनफेक्टेड भिडियो बेजोसको फोनमा घुसपेठ भएको सम्भावना उच्च हुने देखिएको छ । नाम नबताउने शर्तमा गार्जियनसँग कुरा गर्दै स्रोतले भनेको छ,’उक्त वर्षको १ मेमा दुई व्यक्ति ह्वाट्सएपमा मेसेजको माध्यमबाट मित्रवत कुराकानी चलिरहेको थियो । उक्त समयमा अनिच्छित फाइल पठाइइएको थियो ।’

यो घटनासँग परिचित एक व्यक्तिका अनुसार ठूलो मात्रा मा डाटालाई बेजोसको फोनबाट केही घन्टाभित्र हटाइएको थियो । तर फोनबट के लिइएको थियो र यसको प्रयोग के का लागि गरियो भन्ने विषयमा गार्जियनले केही उल्लेख गरेको छैन ।

अमेजनका प्रमुख कार्यकारी अधिकारी (सीईओ) तथा विश्वकै धनी व्यक्ति जेफ बेजोस केही दिन अगाडि तीन दिने भारत भ्रमणमा आएका थिए । उनले यो अवधिमा भारतका ठूला उद्योगपतीहरुसँग भेटघाट गरेका थिए । तर उनले मोदी सरकारको कुनै पनि मन्त्रीसँग भेटघाट गरेनन् ।

बेजोसले आफ्नो भ्रमण अवधिमा भारतमा १ अर्ब डलर लगानी गर्ने घोषणा समेत गरेका थिए । यो विषयमा पीयूष गोयलले बेजोसले भारतमा १ अर्ब डलरको लगानी गरेर कुनै सहयोग नगरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement