काठमाडौं महानगरले तोक्यो स्वदेशी फूल बेच्ने ४६ ठाउँ

काठमाडौं महानगरले तोक्यो स्वदेशी फूल बेच्ने ४६ ठाउँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाडौं महानगरपालिकाले तिहारमा फूल बेच्न ४६ ठाउँ तोकेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत स्वदेशमा उत्पादन भएका फूलको बिक्री गर्न ४६ ठाउँ तोकिएको बताएका हुन् ।उनले प्लास्टिकका फूल बिक्री निषेध गरिएको समेत बताएका छन् ।

‘काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्रीलाई व्यवस्थित गर्न यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा बिक्रीको प्रबन्ध गरेको छ। प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्रीमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धन गरिएको हो,’ उनले भनेका छन्।

गत वर्ष महानगरले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल बिक्री गर्न ठाउँ तोकेको थियो। यसपटक मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको मेयर शाहले बताए। स्वदेशी फूल व्यापारी किसानहरूले महानगरले तोको स्थानमध्ये आफूलाई पायक पर्ने स्थान छनोट गरेर विक्री गर्न सक्नेछन् ।

उक्त स्थानमा फूल तथा माला बिक्री नभएपछि कृषकहरूले त्यत्तिकै छाडेर हिँडेका थिए। थप जानकारीका लागि काठमाडौँ महानगरपालिकाको निःशुल्क नम्बर ११८० मा कल गर्न सकिनेछ । नगर प्रहरीको हटलाइन नम्बर ०१५९०१७६३, ९८५१३५६५०९ मा कल गरेर थप जानकारी लिन सकिने महानगरले जनाएको छ ।

गत वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउने प्रयास गरिएको मेयर शाहले बताएका छन्।