काठमाण्डु – नेपाली सेनाको विविध गतिविधि, इतिहास र वर्तमान भूमिकाबारे आम सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले आयोजित ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी २०८२’ सम्पन्न भएको छ ।
गत माघ ४ गते प्रधानसेनापति अशोकराज सिग्देलले उद्घाटन गरेको प्रदर्शनी ४ दिनसम्म सञ्चालन भएको थियो ।
३० स्टलमा सेनाको सवलता प्रदर्शन प्रदर्शनीमा सैनिक पोशाक, सैनिक ब्यान्ड, हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला र विशेष फौजको भूमिका सम्बन्धी कक्षहरू आकर्षणका केन्द्र बनेका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणमा सेनाको योगदान, शान्ति सेनामा नेपालको भूमिका, विकास निर्माण, विपद् व्यवस्थापन र खेलकुद गरी कुल ३० वटा स्टलहरू राखिएका थिए ।
प्रदर्शनीमा सैनिक विद्यालयहरू र राष्ट्रिय सेवा दलका गतिविधिहरूलाई समेत प्राथमिकताका साथ समेटिएको थियो ।
सहभागी युनिटहरूलाई प्रशंसा पत्र प्रदर्शनीको अन्तिम दिन बुधबार जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले प्रदर्शनीमा सहभागी विभिन्न युनिटहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रशंसा पत्र प्रदान गरे । प्रदर्शनीले नेपाली सेनाको विकास क्रम र हाल सेनाले सम्पादन गरिरहेको बहुआयामिक जिम्मेवारीहरूबारे सर्वसाधारणलाई नजिकबाट बुझ्न सघाएको सेनाको विश्वास छ ।
प्रदर्शनी अवलोकन गर्न पुगेका विद्यार्थीहरूले सेनाले प्रयोग गर्ने प्रविधि र विपद् व्यवस्थापनमा पुर्याएको योगदानका बारेमा विशेष चासो देखाएका थिए । यस्ता कार्यक्रमले सेना र नागरिकबीचको सम्बन्धलाई थप सुमधुर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया