यस कारण हुँदैछ मन्त्री आले र सलमान खानबीच भिडियो संवाद

यस कारण हुँदैछ मन्त्री आले र सलमान खानबीच भिडियो संवाद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतीय अभिनेता सलमान खानबीच बुधबार भिडियो सम्वाद हुँदैछ । भारतीय अभिनेता खान आगामी जेठ १८ गते काठमाण्डुको दशरथ रङ्गशालामा हुने ‘दबङ लाइभ इन नेपाल’ कार्यक्रमका लागि नेपाल आउन लागेका छन् ।

मन्त्री आलेका स्वकीय सचिवालयका अनुसार सोही कार्यक्रमलाई लक्षित गरी आज दिउँसो ३ बजे मन्त्री आलेले अभिनेता खानसँग भिडियो सम्वाद गर्ने कार्यक्रम तय भएको हो । अभिनेता खान नेपाल आउने कार्यक्रमलाई नेपालको पर्यटन प्रवद्र्धनका लागि कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मन्त्री आलेले खानसँग सम्वाद गर्ने जनाइएको छ ।

दुई वर्षअघि नै अभिनेता खानको नेपाल आउने कार्यक्रम तय भएको थियो । तर कोभिड–१९ को उच्च जोखिमका कारण रोकिएको उनको कार्यक्रम पुनः हुने भएको हो ।