९० प्रतिशत सहमति जुटिसक्यो : पृथ्वीसुब्बा गुरुङ

९० प्रतिशत सहमति जुटिसक्यो : पृथ्वीसुब्बा गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्रको अध्यक्ष मण्डलका सदस्य पृथ्वीसुब्बा गुरुङले नेतृत्वको लागि ९० प्रतिशत सहमति भइसकेको बताएका छन् ।

उनले नेतृत्व चयन गर्नको लागि अब १० प्रतिशत मात्र सहमति जुट्न बाकी रहेको बताएका हुन् । ‘९० प्रतिशत सहमति जुटिसक्यो, १० प्रतिशत बाँकी छ,’ गुरुङले भने । चितवनको सौराहामा जारी दशौं महाधिवेशनबाट नेतृत्वको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रिय कमिटी सदस्यको सुची बझाइसकेको छ ।

पदाधिकारीमा सहमति जुट्न नसक्दा बिहान १० बजे शुरू हुने भनिएको बन्दसत्र अपरान्ह साढे ४ बजेसम्म शुरू हुन सकेको छैन ।