काठमाण्डु- पद्मकन्या क्याम्पस (पीके)को स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघको बागी प्यानल विजयी भएको छ ।
नेविसंघकी बागी उम्मेदवार भूपि ऐरको प्यानल विजयी भएको हो । उनले नेविसंघकै उम्मेदवार पूर्णिमा परियारले पराजित गरिन् ।
महामन्त्री गगन थापानिकट ऐरले स्वतन्त्र समूहको नाममा उम्मेदवारी दिएकी थिइन् । उनी यसअघि स्ववियु सचिव थिइन् ।
भूपिको प्रतिद्वन्द्वीमा रहेकी परियारलाई सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहको समर्थन थियो ।
ऐरकै स्वतन्त्र समूहबाट सचिवमा सन्ध्या बस्याल, कोषाध्यक्षमा संकल्पिका थापा लगायत विजयी भएका छन् ।
पीके क्याम्पसमा नेविसंघ एक्लै चुनावमा सहभागी हुँदा एमाले र मओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले गठबन्धन गरेका थिए । चैत ५ गतेका लागि तोकिएको चुनाव अनेरास्ववियुले ताला लगाएपछि ७ गते मात्र भएको हो ।





प्रतिक्रिया