चीनसंगको सैन्य अभ्यासले दुई देशको सम्बन्ध अझै सुमधुर बनायो: प्रधानसेनापति

चीनसंगको सैन्य अभ्यासले दुई देशको सम्बन्ध अझै सुमधुर बनायो: प्रधानसेनापति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल एकचीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका छन् । चिनियां जनमुक्ति सेना स्थापनाको ९२ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानसेनापति थापाले नेपाल सरकारले अवलम्बन गरेको एक चीन नितीप्रती दृढ प्रतिबद्धता दोहो¥याउंदै ‘सगरमाथा अभ्यास’जस्ता चिनियां जनमुक्ति सेनासंगका साझा व्यावसायिक सैन्य अभ्यासले दुई देशको सम्बन्धलाई सुमधुर बनाएको बताए ।

उनले शान्तिपूर्ण सहअस्तित्वलाई अँगालेको नेपालले चीनको स्थायित्व, प्रगति र शान्ति चाहेको तथा उसले हासिल गरेका विकासका विविध आयामबाट लाभान्वित हुन चाहेको धारणा राखे ।

सैनिक सहचारी लिउले स्वागत मन्तव्य व्यक्त गर्दै चीनको राष्ट्रिय एकता, भौगोलिक अखण्डता रक्षाका साथै विश्व शान्ति र स्थायित्वमा योगदान गर्नु नै चिनियां जनमुक्ति सेनाको लक्ष्य भएको बताए । राष्ट्रसङ्घीय शान्तिसेनामा रहेर जनमुक्तिसेनाका ३९ हजार पदाधिकारीले विश्वका २४ देशमा सेवा गरिरहेका जानकारी समेत उनले दिए ।