काठमाडौं – वायुसेवा सञ्चालकहरुले हवाई भाडामा पुनर्विचार गर्ने प्रतिबद्धता जनाएका छन् ।
संकटको बेला अधिकतम भाडा लिएर उपभोक्तालाई मारमा पारेको भन्दै चौतर्फी गुनासो भएपछि उनीहरुले भाडा पुनर्विचार गर्ने जनाएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा शनिबार वायुसेवा सञ्चालकहरुसँग भएको छलफल मन्त्री योगेश भट्टराईले अप्ठ्यारो परिस्थितिलाई ध्यानमा राखेर आन्तरिक रुटमा निर्धा्रित अधिकतम सीमाका २ वटा दरका हवाई भाडा हटाउन आग्रह गरेका थिए ।
यस्तै कम सीमाको भाडा दरलाई अधिकतम सीमा कायम गर्नसमेत मन्त्री भट्टराईले अनुरोध गरेका थिए ।
जवाफमा वायु सेवा सञ्चालकहरुले तत्काल भाडा दर पुनर्विचार गर्ने प्रतिबद्धता जनाएका हुन् ।




प्रतिक्रिया