थाइल्याण्डबाट दिल्ली उडेको एयर इन्डियाको जहाजमा बमको धम्की

थाइल्याण्डबाट दिल्ली उडेको एयर इन्डियाको जहाजमा बमको धम्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- थाइल्यान्डमा एयर इन्डियाको एउटा विमान आपत्‌कालीन अवतरण गरिएको छ।

शुक्रबार बिहान थाइल्यान्डको फुकेटबाट दिल्लीका लागि उडेको विमानमा बम रहेको जानकारी आएपछि उतै आपत्‌कालीन अवतरण गर्नुपरेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार १५६ जना सवार उडान नम्बर एआई–३७९ विमान शुक्रबार बिहान आपत्‌कालीन अवतरण गरिएको हो।

बम छ भन्ने सूचना आएपछि विमानले अन्डमान सागरमाथि ठूलो मोड लिँदै लगभग २० मिनेट पछि थाइल्यान्डको फुकेट विमानस्थलमा सुरक्षित रूपमा आपत्‌कालीन अवतरण भएको थियो।

सबै यात्रु र चालक दल सुरक्षित छन्, कसैलाई पनि केही भएको छैन।

यात्रुहरूलाई आपतकालीन प्रोटोकल अनुसार विमानबाट सुरक्षितरूपमा बाहिर निकालिएको छ । बमको धम्की लेखिएको नोट भेटिएको थाइ विमानस्थलले जनाएको छ, यद्यपि प्रारम्भिक खोजीमा कुनै विस्फोटक पदार्थ भने फेला परेको छैन।

यो घटना एयर इन्डियाको अर्को विमान भारतको अहमदाबाद शहरमा दुर्घटनाग्रस्त भएको २४ घण्टाभित्रै भएको हो। दुर्घटनामा कम्तीमा २९० जनाको मृत्यु भएको छ ।