फिलिपिन्समा ८५ जना सैनिक सवार विमान दुर्घटना, १७ जनाको मृत्यु

फिलिपिन्समा ८५ जना सैनिक सवार विमान दुर्घटना, १७ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी क— फिलिपिन्समा सैनिक सवार विमान दुर्घटना भएको छ ।

८५ जना सैनिक सवार विमान आइतबार दक्षिण जोलो आइल्याण्डमा दुर्घटनामा परेको फिलिपिन्सका अधिकारीलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको साथै मृतकको ककसंख्या बढ्न सक्ने समाचारमा उल्लेख गरिएको छ ।

अवतरणको क्रममा विमान धावनमार्ग भन्दा बाहिर जाँदा दुर्घटनामा परेको फिलिपिन्सको सेनाका प्रमुख जनरल सिरिलितो सोबेजानाले बताएका छन् ।

पातिकुल बजारको बाङ्गकाल गाउँ नजिक विमान दुर्घटनामा परेको हो । उनका अनुसार दुर्घटनास्थलबाट ४० जनाको उद्धार गरिएको छ ।

उद्धारका लागि आफूहरुको तर्फबाट सक्दो उच्चस्तरको प्रयास भएको बताउँदै जनरल सिरिलितोले आगो नियन्त्रणमा लिएर उद्धारको काम भएको जानकारी दिए ।