भदौ १ गतेबाट हवाई उडान सञ्चालन नहुने, जोखिम बढेकाले घर बाहिर ननिस्कन आग्रह

भदौ १ गतेबाट हवाई उडान सञ्चालन नहुने, जोखिम बढेकाले घर बाहिर ननिस्कन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले हवाई उडान सञ्चालन गर्न नहुने निष्कर्ष निकालेको छ । कोरोना भाइरसको संक्रमण बढिरहेकाले अन्तर जिल्ला यातायात तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखुल्ने भएको हो ।

आइतबार साँझ सीसीएमसीको बैठकले काठमाण्डु उपत्यकासहित मुलुकका धेरै जिल्लामा संक्रमण बढेको बारे स्थिति विश्लेषण गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले लक्षण भएका बिरामी र मृत्यु बढिरहेकाले सबैले सुरक्षित भएर बढनु पर्ने अवस्था रहेको बताए ।

स्वास्थ्य प्रोटकको पालना नहुँदा जोखिम बढ्दै गएको निष्कर्ष निकालेको सीसीएमसीले जीवन रक्षाका लागि बृद्ध, बालबालिका र अत्यावश्यक काम नभएकाहरुलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

अत्यावश्यक काममा बाहिर निस्कन परेमा मास्क, स्यानिटाइजरको प्रयोग गर्न, साबुनपानीले हात धुन र भौतिक दूरी कायम गर्न अनुरोध गरिएको छ ।

यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १ गतेबाट अन्तराष्ट्रिय उडान सुचारु गर्न मापदण्ड तयार पारेको छ ।

नेपाल आउन चाहनेहरुले पिसिआर रिपोर्ट नेगेटिभ भएको पेपर देखाउनुपर्ने, नेपाल आएर १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने, सीसीएमसीको अनलाईन फारम भर्नुपर्ने, होटल बुक गर्नुपर्ने लगायतका मापदण्ड तयार पारिएको छ ।