जन्म, विवाह र मृत्यु दर्ता गर्दा अनिवार्य विरुवा रोप्नुपर्ने प्रावधान

जन्म, विवाह र मृत्यु दर्ता गर्दा अनिवार्य विरुवा रोप्नुपर्ने प्रावधान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु – मुगुको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका–६ को वडाले वडावासीलाई जन्म, विवाह र मृत्यु दर्ता गर्दा वृक्षरोपण अनिवार्य गर्नुपर्ने प्रावधान ल्याएको छ ।

विवाह दर्ता गर्दा अनिवार्य २ वटा र मृत्यु दर्ता गर्दा १ वटा विरुवा रोप्नुपर्ने प्रावधान लागू गरेको हो ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण केरा नफल्ने ठाँउमा केरा फल्न थालेको, लामखुट्टे हिमालमा पनि पुग्न थालेको, खानेपानीको मुहानहरू सुक्न थालेको लगायतका समस्याहरू देखिन थालेपछि वडा नयाँ अभियान सुरु गरेको छ ।

जन्म, विवाह र मृत्यु दर्ता गर्दा विरुवा रोप्नेहरूलाई सोहीअनुसार सरकारी सेवा उपलब्ध गराइने व्यवस्था वडा सरकारको नीति सर्वदलीय र सर्वपक्षीय आम वडावासीको सहभागितामा लागू गरिएको छ ।

जन्म, विवाह र मृत्यु दर्ता गर्ने ३५ दिनको समयभित्र आउने वडावासीले बिरुवा रोपेको फोटो र भिडियो साथमा ल्याउनुपर्नेछ । अभियान प्रभावकारी हुँदै गएको वडा नम्बर ६ का वडा अध्यक्ष भरत बहादुर शाहीले बताए ।