काठमाण्डु – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सिंहदरबारलाई प्लास्टिकमुक्त बनाउने तयारी भइरहेको बताएका छन् ।
वन तथा वातावरण मन्त्रालयको सहकार्यमा साथसाथै फाउन्डेसनले आयोजना गरेको जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र चाडपर्वलाई वातावरणमैत्री बनाउने अभियान घोषणा कार्यक्रममामन्त्री ठकुरीले त्यस्तो बताएका हुन् ।
मन्त्री ठकुरीले भने, “हामीले यसअघि नै आफ्नो मन्त्रालयलाaई प्रयोग गर्न अयोग्य प्लास्टिकमुक्त बनाइसकेका छौँ, अब सबै मन्त्रालयमा यो अभियान पु¥याउनेछौँ, यसमा सबैको सहयोगको अपेक्षा गरेका छौँ ।” उनले सिंहदरबारभित्र ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोला प्रतिबन्धमा कडाइ गरिने उल्लेख गरे ।
मन्त्री ठकुरीले वातावरणीय प्रदूषण र जलवायु प्रदूषण अहिले मुख्य समस्याका रुपमा रहेको उल्लेख गरे । नेपालले अहिले वन क्षेत्र बढाएर करिब ४५ प्रतिशत पु¥याएको तथा स्वच्छ ऊर्जाको खपतका साथै बायोग्यास प्लान्टमा ध्यान दिइएको पनि बताए ।




प्रतिक्रिया