रोनाल्डोले पुरा गरे करिअरको ७५० गोल


एजेन्सी – पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो करिअरको ७५० औं गोल पूरा गरेका छन् ।

बुधबार राति युरोपियन च्याम्पियन्स लिगअन्तर्गत युभेन्ट्स र डाइनामो किभबीच भएको खेलमा गोल गर्दै ३५ वर्षीय रोनाल्डोले आफ्नो करिअरको ७५० औं गोल पुरा गरेका हुन् । युभेन्ट्सले ३–० गोलको जित हात पार्दा रोनाल्डोले टिमका लागि दोस्रो गोल गरेका थिए ।

रोनाल्डोले स्पेनिस क्लब रियल म्याड्रिडका लागि ४५०, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट ११८, पोर्चुगलबाट १०२, युभेन्ट्सबाट ७५ र स्पोर्टिङ लिस्बनबाट ५ गोल गरेका छन् । जारी सिजनमा रोनाल्डोको यो युभेन्ट्सका लागि १०औं गोल हो ।

च्याम्पियन्स लिगमा भने उनले सिजनमा दोस्रो गोल गरेका हुन् ।  यहि वर्ष अन्तर्राष्ट्रिय गोल संख्या सय पुर्याएका रोनाल्डोले पोर्चुगलका लगि १०२ गोल गरेका छन् । सन् २००३ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले देशका लागि १७ वर्षमा सय गोल पूरा गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement