प्रधानमन्त्री ओली स्थायी कमिटी बैठकमा नजाने, के गर्ला प्रचण्ड-नेपाल समुह ?

प्रधानमन्त्री ओली स्थायी कमिटी बैठकमा नजाने, के गर्ला प्रचण्ड-नेपाल समुह ?


काठमाण्डु– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउंसो १ बजे तय भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी हुने भने टुंगो लागेको छैन् । उनले आफ्नै मृत्युपत्रमा हस्ताक्षर गर्ने बैठकमा आफु सहभागी नहुने शनिवार कार्यकारी अध्यक्ष प्रचण्डसंगको भेटमा बताइसकेका छन् ।

प्रधानमन्त्री निकट स्रोतले आजको बैठकमा प्रधानमन्त्री उपस्थित नहुने जनाएको छ । स्थायी समिति बैठकमा अर्का अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनलाई प्रधानमन्त्री ओलीले अभियोगपत्र भएको भन्दै त्यसमा छलफल हुन नसक्ने अडान राख्दै आएका छन् ।

प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्षबीच सहमती गराउनका लागी नेताहरु सक्रिय रहेपनि अहिलेसम्म ठोस निष्कर्श भने निस्केको छैन् । आजको बैठकअघि दुवै नेताबीच सहमती भए मात्र ओली बैठकमा सहभागी हुनेछन् । तर, कार्यकारी अध्यक्ष प्रचण्डलाई ओलीसंग सहमती नगर्न वरिष्ठ नेता माधव नेपालले समेत दबाव दिइरहेका छन् ।

प्रधानमन्त्री ओली बैठकमा सहभागी नभएपछि बैठक अघि बढाउने वा के गर्ने भन्ने विषयमा कार्यकारी अध्यक्ष प्रचण्ड र माधव नेपाल समुहले ठोस धारणा बनाएको छैन् । उनिहरुले आफुसंग बहुमत भएको दावी गरेपनि निर्णायक कदम भने चाल्न सकिरहेका छैनन् ।

प्रधानमन्त्री ओलीले शनिवार पार्टीका शिर्ष नेताहरुलाई भेटेर फरक फरक प्रस्ताव गरेपछि नेकपाभित्र त्यसको तरंग छाएको छ । प्रधानमन्त्री ओलीले आफुले एक पद छोड्नुपर्ने अवस्थामा उपाध्यक्ष बामदेव गौतमलाई छोड्ने संकेत पनि गरेका छन् । त्यसमा कार्यकारी अध्यक्ष प्रचण्ड र नेपालले अहिलेसम्म मुख खोलेका छैनन् । गृहमन्त्री समेत रहेका रामबहादुर थापालाई साझा प्रस्ताव ल्याउन समेत उनले प्रस्ताव गरेको बुझिएको छ । प्रधानमन्त्री ओलीलाई पछिल्लो समय पुर्व माओवादी नेताहरु थापासहित,टोपबहादुर रायामाझी,हरिवोल गजुरेल,मणि थापा र लेखराज भट्टहरुको साथ रहेको छ । त्यो समुह गौतमलाई अध्यक्ष बनाएर भएपनि निकास दिनुपर्ने पक्षमा रहेको बुझिएको छ ।

नेकपामा नेताहरुबीच सहमतीको लागी कोशिस जारी रहेकै बेला दुवै गुटका भेलाहरु पनि निरन्तर चलेका छन् । पार्टीका शिर्ष नेताहरुको बीचमा दुरी बढिरहेको बेला देशभर समानान्तर रुपमा भइरहेका भेलाले सहमतीभन्दा फुटतिर नेकपा अग्रसर भएको कार्यकर्ताहरु बताउंछन् ।