मैले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्र श्रीलंकाको जस्तो हुन्छ भन्ने डर हट्योः प्रधानमन्त्री प्रचण्ड

मैले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्र श्रीलंकाको जस्तो हुन्छ भन्ने डर हट्योः प्रधानमन्त्री प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले मुलुकको अर्थतन्त्र जागेको र विस्तारै सहज हुँदै जाने बताएका छन्। बुधबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै आफू प्रधानमन्त्री हुँदा श्रीलंकाको जस्तो हुन्छ भन्ने त्रासकाबीच आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्र जागेको दावी गरेका हुन् ।

‘सदनले मलाई सरकारको नेतृत्व दिँदैगर्दा देशमा गम्भिर आर्थिक संकटको स्थिती र एउटा भाष्य बनेको थियो। नेपालको नियति श्रीलंकाको जस्तै हुने भयो। यो भाष्य बौद्धिक वर्गमा मात्रै सीमित थिएन। आम नागरिकसम्म पनि पुगेको थियो। श्रीलंकाको तस्बिरले आम नागरिकलाई त्रसित बनाएको थियो। तर, हामीले त्यस्तो हुन दिएनौं। अर्थतन्त्र जागिसकेको छ। यो राष्ट्रकै उपलब्धि हो।’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले विदेशी मुद्रा सञ्चिति बढेको, व्यापार घाटा कम भएको, गत वर्षको यही समयको तुलनामा पर्यटक दोब्बर बढेकोले अर्थतन्त्र सुधार उन्मुख भएको दाबी गरेका छन्।