काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासको तुफान चाँडै आउने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले जसरी काम सुरु भएको छ, त्यसरी नै अगाडि जाने हो भने चाँडै तुफान आउनसक्ने बताएका हुन् ।
‘आफूले निराशा, कुण्ठा, अविश्वास र आशंका होइन, विश्वास र दृढताका निम्ति अपील गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘तुफान आइसकेको छैन । तर मलाई के लाग्छ भने अहिले जसरी काम सुरु भएको छ, त्रिदेशीय साझेदारी, १० हजार मेगावाट १० वर्षमा या अरु थुप्रै कामहरु जसरी सुरु भएका छन्, ती सबै अगाडि जाने हो भने तुफान आउन चाहिँ सक्छ छिट्टै ।’, उनले भने ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व सम्हालेपछिको ६ महिनामा उद्योग क्षेत्रमा २७४ परियोजनामार्फत करिब ३५ अर्ब वैदेशिक लगानी र करिब १५ हजार रोजगारी सुनिश्चित भएको दावी गरेका छन् ।




प्रतिक्रिया