वर्तमान सरकार श्रमिकमैत्री छ : प्रधानमन्त्री ओली

वर्तमान सरकार श्रमिकमैत्री छ : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ— प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार श्रमिकमैत्री भएको बताएका छन्। श्रमिकको अन्तरराष्ट्रिय संस्था ‘यु एण्ड आई’ को एशिया–प्रशान्त क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा तय गरेर श्रमिकमैत्री वातावरण बनाएको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक परिर्वतन धेरै चरणमा भएको उल्लेख गर्दै अब आर्थिक विकासमा सरकार केन्द्रित रही सम्पूर्ण नेपालीको जीवनस्तर उकास्ने बताए। उनले श्रम र श्रमिकका विषयमा सरकारले नीतिगत र कार्यक्रममै व्यवस्था गरेर अघि बढेको र नेपालमा रोजगारी गरेर बसेका विदेशीलाई पनि राम्रो वातावरण दिएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले नेपालको संविधानमै श्रमको हकलाई मौलिक हकमा राखी श्रम र श्रमिकलाई सुरक्षा र हकअधिकारलाई उचित व्यवस्था गरेको स्पष्ट पारे।