गठबन्धन दायाँबायाँ हुन्छ जस्ताे भएकाे थियाे, अहिले अन्योल हटेको छ: प्रधानमन्त्री प्रचण्ड

गठबन्धन दायाँबायाँ हुन्छ जस्ताे भएकाे थियाे, अहिले अन्योल हटेको छ: प्रधानमन्त्री प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन दायाँबायाँ नहुने बताएका छन् । सोमबार साउन १५ का अवसरमा सिंहदरवारस्थित खिर खाने कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने बताएका हुन् ।

‘अहिलेको सत्ता गठबन्धन पाँचै वर्ष जान्छ । त्यसमा दायाँबायाँ हुँदैन । अब ढुक्कसँग काम गर्नुस् बीचमा थोरै गठबन्धन के होला जस्तो भयो । अब सबै अन्योल हटेको छ ।’,उनले भने ।

प्रधानमन्त्रीले हिजोमात्र प्रधानमन्त्री कार्यालयलाई कसरी व्यवस्थित गर्ने भनेर छलफल गरिएको भन्दै खिर खाने कार्यक्रम राखेर राम्रै भएको बताएका छन् । ‘यो हाम्रो आफ्नै मौलिक चाड पनि हो । यसले एक आपसमा घुलमिल गर्न सहयोगै गर्छ भन्ने ठानेको छु’, उनले भने ।