एमाले बाहिर सुन देखाएर टीआरसी विधेयक रोक्न खोज्दैछः प्रधानमन्त्री प्रचण्ड

एमाले बाहिर सुन देखाएर टीआरसी विधेयक रोक्न खोज्दैछः प्रधानमन्त्री प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्‍मा दोहोरो भूमिका खेलिरहेको बताएका छन्।सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले एमाले बाहिर सुन देखाएर भित्र टीआरसी विधेयक रोक्नको लागि संसद अवरुद्ध गरिरहेको बताएका हुन् ।

‘एमालेले सदन चल्न दिएको छैन । तर, एमालेले जनतालाई देखाउन बाहिर सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय समिति भनिरहेको छ। खासमा भित्रचाहिँ एमाले संक्रमणकालीन न्याय (टीआरसी) को विधेयक रोक्ने योजनामा छ।’, प्रधानमन्त्री प्रचण्डले संसदीय दलको बैठकमा भनेका थिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गत चैत ५ गते ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ संसद्‍मा पेश गरेकी थिइन्।

सरकारले दुवै आयोगको २०७१ को ऐनलाई प्रतिस्थापन गर्न यो विधेयक ल्याएको थियो। द्वन्द्वका क्रममा गम्भीर मानवअधिकार उल्लंघनका घटना भएको र व्यक्ति बेपत्ता भएका हुनाले छानबिन गर्न जरुरी रहेकाले उक्त विधेयक ल्याएको सरकारको भनाइ छ ।