प्रधानमन्त्रीद्वारा गुरुङको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्रीद्वारा गुरुङको निधनप्रति दुःख व्यक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय कमिटीका सहइञ्चार्ज विजय गुरुङका पिता कुलबहादुर गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले एक शोक विज्ञप्ति जारी गर्दै समाज परिवर्तनका लागि दिवङ्गत गुरुङले गरेको योगदानको उच्च प्रशंसा गर्दै पितृशोकमा परेका विजय गुरुङ र उनको परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन् ।

पर्वतमा रहेका गुरुङको ८७ वर्षको उमेरमा गत सोमबार निधन भएको थियो । उनका एक छोरा र दुई छोरी छन् ।