काठमाण्डु – भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।
सभामुख देवराज घिमिरेले भदौ १२ गते प्रश्नोत्तर कार्यक्रम हुने जानकारी दिए ।
प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न सोध्ने र प्रधानमन्त्रीले जवाफ दिने अभ्यास छ ।
प्रतिनिधिसभा बैठक भदौ १२ गते मंगलवार बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको छ ।




प्रतिक्रिया