प्रचण्डको रोहबरमा अखिल क्रान्तिकारीको विवाद मिल्यो, यस्तो छ ८ बुँदे सहमति


काठमाण्डु- नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्रको विवाद २ मिलेको छ । आइतबार बालुवाटारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा ८ बुँदे सहमति भएसँगै अखिल क्रान्तिकारीभित्रको विवाद मिलेको हो ।

आठ बुँदे सहमतिमा विद्यामान केन्द्रीय समितिलाई पदाधिकारी कायम राखी २३ औं राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गर्ने, आयोजक समितिमा पदाधिकारी विस्तार गर्ने लगायत सहमतिका आधारहरू प्रस्तुत गरिएको छ ।

त्यस्तै रञ्जित तामाङ नेतृत्वको आयोजक कमिटीका सदस्यहरू सबै पदाधिकारी बन्ने र अहिलेका पदाधिकारी कायमै रहने गरी महाधिवेशन आयोजक कमिटी गठन हुने भएको छ ।

पन्चा सिंहकै नेतृत्वको आयोजक कमिटीमा करिब २ सय पदाधिकारी र त्यसको तेब्बर अर्थात् ६ सय सदस्यभन्दा बढी रहेको आयोजक कमिटी बन्ने भएको छ ।

akhil-krantikari-patra

प्रतिक्रिया दिनुहोस
Advertisement