अमेरिका जाने टोलीको संख्या घटाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भ्रमण टोलीको संख्या घटाउन निर्देशन दिएका छन् ।

यसअघि मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री एनपी साउदसहित २४ जनाको टोली अमेरिका जाने निर्णय गरेको थियो । तर, प्रधानमन्त्री प्रचण्डले उक्त संख्या घटाउन निर्देशन दिएका हुन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रचण्ड २९ भदौमा अमेरिका जाँदैछन् । भ्रमणको एजेन्डाबारे परामर्श लिन आइताबार बोलाइएको बैठकमा भ्रमण टोलीको आकार ठूलो भएको भन्दै प्रश्न उठेको थियो ।

त्यसपछि सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव बैकुण्ठ अर्याललाई बोलाएर भ्रमणमा जाने टोलीको संख्या घटाउन निर्देशन दिएका हुन् । यससँगै मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसँग भ्रमणमा कति जनाको टोली जाने भन्ने टुंगो लगाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement