प्रधानमन्त्री प्रचण्ड चीनमा, चीन सरकारका मन्त्रीले गरे स्वागत (फोटोफिचर)


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन पुगेका छन्। आज बिहान प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट औपचारिक भ्रमणका लागि चीन पुगेका हुन् ।

उनलाई १९औँ एसियाली खेलकुदको उद्घाटन हुने क्षेत्र हाङझाउमा चीन सरकारका खेलकुदको सामान्य प्रशासन मन्त्री तथा चिनियाँ ओलम्पिक समितिका अध्यक्ष गाओ झिदानले स्वागत गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड भ्रमणको पहिलो दिन आज हाङजाउमा हुने १९औँ एसियन गेमको उद्घाटन समारोहमा सहभागी हुनेछन् । आजै उनले हाङजाउमा नै चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement