प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए

प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’स्वदेश फर्किएका छन्। चीन भ्रमणमा रहेका प्रचण्ड छेन्दुबाट एयर चाइनामार्फत काठमाण्डुस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री प्रचण्डले गत शनिबारबाट चीनको औपचारिक भ्रमण गरेका थिए। उनले चीनको हाङजाउमा भइरहेको एसियाली खेलको उद्घाटन समारोहमा समेत भाग लिएका थिए। प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति, प्रधानमन्त्री लगायतका शीर्ष नेतृत्वसँग छलफलसमेत गरेका थिए।