काठमाण्डु- चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्नका लागि आह्वान गरेको बताएका छन् ।
शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि प्रधानमन्त्री प्रचण्डले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्नका लागि आह्वान गरेको बताएका हुन् । उनले असोज ७ गते चीनको राजधानी बेइजिङमा नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्को संयुक्त आयोजनामा भएको नेपाल चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नेपालमा लगानीको उपयुक्त वातावरण रहेकोले नेपालका प्राथमिकताका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी लगानीकर्ताहरूलाई आह्वान गरेको जानकारी गराए ।
नेपालमा लगानीको प्रचुर सम्भावना रहेको र ती सम्भावनाहरूलाई मूर्त रूप दिन र लगानी संरक्षण गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी गराएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।




प्रतिक्रिया