प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक, यस्ताे छ कारण


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले आज दिउँसो बस्ने गरि बैठक बोलाएका हुन् ।

बैठकमा सुन तस्करी छानबिन आयोगको कार्यादेश लगायतका विषयमा छलफल हुने जनाइएको छ । आज बिहान बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहितको बैठकमा सुन तस्करी छानबिन आयोगको कार्यादेशमा सहमति जुटेको थियो ।

त्यस्तै बैठकमा चाडबाडको मुखमा सरकारले अचाक्ली मूल्यवृद्धि गरेको भन्दै आलोचना भइरहेको विषयमा पनि छलफल हुनेछ । नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर रु छ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement