परराष्ट्रमन्त्री साउद र इजरायली राजदूतबीच नेपालीको उद्धार र सुरक्षाबारे छलफल

परराष्ट्रमन्त्री साउद र इजरायली राजदूतबीच नेपालीको उद्धार र सुरक्षाबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन् । आइतवार मन्त्रालयमा बोलाएर उनले राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमणका बारेमा छलफल गरेका हुन् ।

मन्त्री साउदले राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमणले गर्दा इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे राजदूत गोडरसँग छलफल गरेका थिए । सोही क्रममा राजदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिबद्धता जनाएका छन् ।

इजरायलको कठिन समयमा नेपालले देखाएको सहानुभूतिप्रति राजदूतले नेपाल सरकारलाई धन्यवाद दिएको परराष्ट्रले जनाएको छ । इजरायलमा भएको आतंकवादी आक्रमणमा परी ९ जना नेपाली घाइते भएका छन् ।