काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशीमा सत्ता गठबन्धनकै सरकार बन्ने बताएका छन् ।
शनिबार चितवन पुगको प्रचण्डले कोशीमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने र केदार कार्की गठबन्धनकै उम्मेदवारका रुपमा मुख्यमन्त्री बनेको बताएका हुन् ।
‘आज विहान मात्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजी, म र शेखर कोइरालाको बीचमा समझदारी बनाएका छौं । हामी गठबन्धन बलियो बनाउने कुरामा अझ दृढ र स्पष्ट छौं, कुनै पनि हालतमा गठबन्धनलाई कमजोर हुन दिइने छैन भन्ने सहमति भएको छ । अहिले कार्कीजी मुख्यमन्त्री हुनुभएको छ । उहाँ हामी सबैको मुख्यमन्त्री हो’, उनले भने ।
कोशीमा सत्तारुढ गठबन्धनले माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि नेपाली कांग्रेसका नेता केदार कार्कीले कांग्रेसका ८ जना र एमालेका ३९ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । र उनलाई शनिबार प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरिसकेका छन् ।
्




प्रतिक्रिया