कोशीबाट भएको गठबन्धन भत्काउने षड्यन्त्र असफल बनायौँ: प्रधानमन्त्री प्रचण्ड

कोशीबाट भएको गठबन्धन भत्काउने षड्यन्त्र असफल बनायौँ: प्रधानमन्त्री प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काउने षडयन्त्र भइरहेको बताएका छन् ।

आइतबार चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशबाट भएको गठबन्धन भत्काउने षड्यन्त्रलाई आफूहरुले सफल हुन नदिएको बताएका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग लिखित सहमति गरेपछि त्यो षड्यन्त्र निस्तेज पारिएको उनले बताए । सरकारको जनप्रेमी काम देखेपछि अब कहिल्यै सत्तामा फर्किन पाइँदैन भन्ने लागेर केही विच्छिप्त भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

‘उनीहरू कसरी गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने भनेर लागिरहेका छन् । यो गठबन्धन यसरी नै सुशासन र सामाजिक न्यायको पक्षमा लागिरहेपछि आत्तिएका छन् । अहिले कोशी प्रदेशमा जे राजनीतिक परिदृश्य देखियो, यही गठबन्धनले राम्रो गर्न खोजेको सहन नसकेर एकथरी मान्छे विछिप्त भएर यहाँ  विभाजन ल्याउन सकिन्छ कि भनेर योजनाअनुसार अघि बढेका थिए । शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग सहमति गरेपछि त्यो षड्यन्त्र निस्तेज पारिएको छ ।’, उनले भने ।

शनिबार बालुवाटारमा प्रचण्ड, देउवा र शेखरबीच सत्ता गठबन्धनलाई दायाँबायाँ नगर्ने लिखित सहमति भएको थियो । कोशीमा नेकपा एमालेको समर्थनमा सत्ता गठबन्धनको निर्णय विपरित शेखर पक्षका केदार कार्की मुख्यमन्त्री बनेपछि प्रचण्ड झस्किएका छन् ।