काठमाण्डु- संयुक्त राष्ट्रसंघका महासचिव एनटोनियो गुटेरेस र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । यूएईमा जारी कोप-२८ अन्तर्गत ‘सबैका लागि प्रारम्भिक चेतावनीँ सम्बन्धी छलफलमा महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्ड भेटवार्ता भएको हो ।
संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले आयोजना गरेको सो छलफलमा प्रधानमन्त्री प्रचण्ड अतिकम विकसित राष्ट्र (एल.डी.सी)का अध्यक्षको रुपमा सहभागी भएका थिए। कोप–२८ का कार्यक्रम सकेर प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ स्वदेश फिर्ता हुँदैछन्।




प्रतिक्रिया