अर्थतन्त्र सुधारका लागि नयाँ घोषणा गर्ने तयारी गरिरहेको छु: प्रधानमन्त्री प्रचण्ड

अर्थतन्त्र सुधारका लागि नयाँ घोषणा गर्ने तयारी गरिरहेको छु: प्रधानमन्त्री प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधारका लागि केही नयाँ घोषणा गर्ने तयारीमा रहेको बताएका छन् ।

बिहीवार काठमाण्डुमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि नयाँ घोषणा गर्ने तयारीमा रहेको बताएका हुन् ।

‘अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोषणा गर्ने तयारी गरिरहेको छु ।’, उनले भने । उनले तथ्याङ्क हेर्दाखेरि अर्थतन्त्रमा सुधारको अनुभूति हुदैँ गएको दावी गरे ।

‘तथ्याङ्क हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ । तर, व्यवहारमा आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति हाम्रा सामु छ।’, प्रधानमन्त्री प्रचण्डले भने ।