रुसी सेनामा दुई सय नेपाली कार्यरत

रुसी सेनामा दुई सय नेपाली कार्यरत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रसियन सेनामा दुई सय नेपाली युवा कार्यरत रहेको जानकारी दिएका छन्।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले पार्टी कार्यालय पेरिसडाँडामा सोमवार पत्रकारहरूसँग कुरा गर्दै रसियन सेनामा दुई सय नेपाली युवा कार्यरत रहेको बताएका हुन् ।

दाहालले रसियन सेनामा मात्र नभई युक्रेनी सेनामा पनि नेपालीहरू भएको पाइएको बताए। उनले फरक देशबाट एकै देशका युवा लडिरहेको भन्दै चिन्ता व्यक्त गरे।

उनले भने, ‘रुसमा मात्रै त्यहाँको सेनामा आवद्ध भएर कम्तिमा दुई सय नेपाली युवा छन् भन्ने तथ्यांक आयो। युक्रेनी सेनामा पनि नेपाली छन् भन्ने आयो। सकारले यसबारे थप आधिकारिकता पुष्टि गर्न र युवाहरूलाई स्वदेश फिर्ताको पहल गर्दैछ।’