देशवासीका नाममा विशेष सम्बोधन गर्ने प्रधानमन्त्री प्रचण्डकाे तयारी

देशवासीका नाममा विशेष सम्बोधन गर्ने प्रधानमन्त्री प्रचण्डकाे तयारी


सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीको नाममा विशेष सम्बोधन गर्ने तयारी गरेका छन् । प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको आगामी मंगलबार एक वर्ष पूरा हुँदैछ ।

सोही अवसरमा प्रचण्डले देशवासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । प्रचण्डले सोमबार मात्रै पनि आफ्नो कार्यकालको दोस्रो वर्षलाई विशेष बनाउन चाहेको बताएका थिए।