प्रधानमन्त्री प्रचण्डको निर्देशन- विदेश जाने युवालाई सस्तोमा ऋण दिने व्यवस्था मिलाउनु

प्रधानमन्त्री प्रचण्डको निर्देशन- विदेश जाने युवालाई सस्तोमा ऋण दिने व्यवस्था मिलाउनु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सरकारले सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रायलयसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई मिटरब्याजीहरू र दलालहरूबाट ठगिएको भन्दै सरकारले सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउनु पर्ने भन्दै निर्देशन दिएका हुन् ।

‘श्रमिकलाई उद्यमशील बनाउने र वैदेशिक रोजगारबाट फर्किएको नेपाली दाजुभाइ दिदीबहिनीहरूको ज्ञान सीप र पुँजीको पूर्ण उपयोग हुने क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउनेतर्फ तत्काल परिणाम देखिने गरी कार्य गर्नुहोला,’ उनले भने । त्यस्तै प्रधानमन्त्री प्रचण्डले श्रम तथा रोजगार मन्त्रालयलाई विदेश जाँदा लाग्ने खर्च नबढाउन निर्देशन दिएका छन् ।

श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीले विदेश जाँदा लाग्ने शुल्क बढाएको भन्दै सरकारको आलोचना भएपछि प्रधानमन्त्रीले शुल्क बढाउने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् ।