काठमाण्डु- प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्ने तयारी गरेका छन् ।
आइतवार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले बालकुमारी घटनाका दोषी मन्त्री ज्वालालाई कारबाहीको माग गरेपछि प्रधानमन्त्रीले आजै बस्ने मन्त्रीपरिषद्को बैठकले उनलाई कारबाही गर्ने संकेत दिएका हुन् ।
‘मेरै प्रस्तावमा छानबिन समिति बनेको हो। छानबिन समितिले प्रतिवेदन दिएको छ । तर मैले हेर्न पाएको छैन । आजै मैले प्रतिवेदन बुझ्दै छु र क्याबिनेट पनि आजै छ’, प्रचण्डले संसदमा भने, ‘अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ ।’
उनले बालकुमारी घटनामा सरकारले लिएको पहलबारे गलत बुझाइ भएको आफूले पाएको पनि बताए । उनले मृतकका परिवारलाई १० लाख दिनेमात्रै नभई सरकारले गम्भीरता देखाउँदै छानबिन आयोग बनाएको पनि बताए ।




प्रतिक्रिया