काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । पोखरामा यती एयरको जहाज दुर्घटना भएलगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । बैठक दिउँसो साढे १ बजेलाई बैठक बोलाइएको छ ।
काठमाण्डुबाट ६८ यात्रु र चालक दलकासहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनसी एटीआर ७२ जहाजको दु:खद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै प्रधानमन्त्रीले क्याबिनेट बोलाएको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया