नैतिकता नभएका मन्त्रीलाई हटाउन नसक्ने हुतीहारा प्रधानमन्त्री!

नैतिकता नभएका मन्त्रीलाई हटाउन नसक्ने हुतीहारा प्रधानमन्त्री!

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा दोषी ठहर भएका भौतिक योजना मन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

पार्टी कार्यालयमा मंगलबार सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मन्त्री ज्वालालाई नैतिकता नभएको मन्त्री भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

त्यस्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि पनि आक्रोश पोखेका छन् । गठबन्धन सरकार भ्रष्टाचार, अनियमितता र कुशासनको बढवा गर्नतर्फ मात्र केन्द्रित भएको अध्यक्ष ओलीको भनाइ छ ।

‘भ्रष्टाचारमा झण्डा हल्लाउँदै मन्त्री बयान दिने, मानिस मरेको घटनामा मन्त्री दोषी हुने तर मन्त्रीहरुले पद नछोड्ने र प्रधानमन्त्रीले पनि हटाउन नसक्ने । दोषी मन्त्री हो भनेर आयोगले भनेको छ । यस्तो बेला नैतिकता नभएको मन्त्री हुतीहारा प्रधानमन्त्री ।’, अध्यक्ष ओलीले भने ।

उनले सरकार आफैँले बनाएको आयोगले दोषी करार गर्दा समेत त्यस्तो मन्त्री बसिरहन मिल्छ, लोकलाज छैन ? भन्दै प्रश्न गरे । ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा युवाले प्रदर्शन गरिरहेको ठाउँमा मन्त्री ज्वाला पुगेको र उनको सुरक्षाका क्रममा प्रहरीको बल प्रयोगबाट पुस १३ मा दुई युवाको मृत्यु भएको थियो ।

घटनाको छानबिन गर्न मन्त्रिपरिषद् बैठकले पुस १६ मा उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा ‘बालकुमारी घटना जाँचबुझ आयोग’ गठन गरेको थियो ।

आयोगले ‘मन्त्रीको उपस्थितिले नै घटना भएको’ किटान गरी शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । तर, हालसम्म प्रधानमन्त्री प्रचण्डले मन्त्री ज्वालालाई बर्खास्त गरेका छैनन् । प्रधानमन्त्रीले गठबन्धन जोगाउनका लागि घटनामा संलग्न मन्त्रीलाई कारबाही नगरेको नेकपा नेकपा एमालेको टिप्पणी छ ।