प्रचण्डलाई शर्माको पत्र- बिनालाई जिम्मेवारी दिएर अरुलाई पार्टीमा स्थान छैन भन्ने सन्देश दिइयो

प्रचण्डलाई शर्माको पत्र- बिनालाई जिम्मेवारी दिएर अरुलाई पार्टीमा स्थान छैन भन्ने सन्देश दिइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु नेकपा माओवादी केन्द्रको कार्य विभाजनप्रति पार्टीका उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन्। पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकमा नेता शर्माले नेताहरूको कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई असहमति पत्र बुझाएका हुन् ।

उनले उक्त पत्रमार्फत विधान अधिवेशन लगत्तै बसेको स्थायी समितिको बैठकमा विधानबारे एजेन्डा नै नराख्नु र पारित विषयलाई वेवास्था गरी विधि विहिनतालाई निरन्तरता दिने उद्देश्य देखिनु दुःखद् कुरा भएको बताए । विधान अधिवेशनबाट पारित भएका निर्णयहरु सम्पादन गरी तुरुन्त कार्यान्वय गर्नुपर्ने उनको माग छ ।

त्यस्तै शर्माले अध्यक्ष प्रचण्डको संलग्नतामा स्थायी कमिटी सदस्य खगराज भट्टलाई सुदूरपश्चिम संसदीय दलको नेता र इन्चार्ज दुवै पदबाट हटाइएको भन्दै आपत्ति जनाए । खगराजलाई दुवै पदबाट हटाएर सुदूरपश्चिम प्रदेशमा बिना मगरलाई सह-इन्चार्जको जिम्मेवारी दिनुबाट पार्टीमा अरुलाई स्थान छैन भन्ने सन्देश दिन खोजिएको दाबी गरे ।

‘अझ गम्भिर कुरा त सेती महाकालीमा केही समयदेखि इन्चार्ज बनाउन अध्यक्ष समेतको संलग्नतामा गरिएको गतिबिधिहरुका आधारमा दर्जनभन्दा बढी कमरेडलाई वेवास्था गर्दै, स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता र इन्चार्ज दुवैबाट पदच्युत गरी विकल्प नदिई अपमानित गरिएको छ । सो प्रदेशमा हाललाई बिना मगरलाई सह–इन्चार्ज बनाउनुले सेती महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कामरेडलाई यो पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैमा गम्भिर छ । खगराज भट्टलाई यो वा त्यो जिम्मेवारीबाट सन्तुलन नगरी राजनीतिक रुपबाट बिस्थापित र अपमानित गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दछु ।’, शर्माले प्रचण्डलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ ।