काठमाण्ड- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पैसाका लागि विदेशिनुपर्ने अवस्था परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले अनन्तश्री ब्रह्माण्डीय महायज्ञलाई सम्बोधन गर्दै शान्तिका लागि सम्पूर्ण विश्वको आकर्षणको केन्द्र बन्नुपर्ने नेपाली विदेशीने अवस्था परिवर्तन गर्नुपर्ने बताएका हुन्।
‘गौतमबुद्धको देशमा जन्मेका हामी शान्तिका लागि सम्पूर्ण विश्वको आकर्षणको केन्द्र बन्नुपर्नेमा पैसाका लागि विदेशिने अवस्था परिवर्तन गर्नुपर्छ । ‘, उनले भने ।
उनले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । प्रधानमन्त्रीले देशका विभिन्न स्थानमा सञ्चालित गुरूकूल वेदविद्याश्रमबाट संस्कार र संस्कृति प्रवाह भएको बताए।




प्रतिक्रिया