म नमर्दासम्म देशमा उथलपूथल भइरहन्छः प्रधानमन्त्री प्रचण्ड

म नमर्दासम्म देशमा उथलपूथल भइरहन्छः प्रधानमन्त्री प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले देशमा उथलपुथल गरिरहेने बताएका छन् ।

शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू रहँदासम्म देशमा उथलपुथल हुने बताएका हुन् ।

उनले नेकपा एमालेसँग गरिएको नयाँ गठबन्धनको विषयप्रति बोल्दै अब बृहत कम्युनिष्ट एकताको लागि छलफल हुने खुलासा गरेका छन् ।

‘मकमरेड विप्लव उठ्दा तपाईंहरुमा एउटा तरंग पैदा हुन्छ । म त म भइहालें । म नमर्दासम्म देशमा उथलपुथल भइ नै राख्छ । मलाई प्रतिक्रियावादी शक्तिहरुबाट घेरा हालेर सिध्याउने धेरै प्रयासहरु भए । घेरा तोड्दै आएका छौं, तोड्छौं । त्यसैले हामी क्रान्तिकारी शक्तिहरु एकै ठाउँमा आउने बाटो खोजौं । अब बृहत कम्युनिष्ट एकताको लागि छलफल हुनेछ’।, उनले भने ।