काठमाण्डु- नेपाली कांग्रेसका सांसद रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दश महिना पहिला बेठिक भएको गठबन्धन अहिले ठिक कसरी भयो भन्दै प्रश्न गरेका छन् ।
बिहिवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डलाई दश महिना पहिला बेठिक भएको गठबन्धन अहिले ठिक कसरी भयो भन्दै प्रश्न गरेका हुन् ।
गत पुस १० गते नेकपा एमालेसँग गरिएको गठबन्धनले काम गर्न दिएन भनेर तोडेकोमा अहिले त्यही पार्टीसँग गरेको गठबन्धन कसरी ठिक भएको उनको प्रश्न छ । उनले प्रधानमन्त्रीको पदमा रहन प्रचण्डले गठबन्धन फेर्ने गरेको बताए ।
‘दश महिना पहिला एमालेसहितको गठबन्धनको गठबन्धनले काम गर्न दिएन भनेर गठबन्धन तोडर कांग्रेससँग मिल्नुभयो । फेरि अहिले कांग्रेससँग गठबन्धन तोडेर पहिलाको गठबन्धन ठिक भनेर उता जानुभएको छ । गठबन्धन गलत होकी तपाईँ गलत हो ? ’, उनले प्रश्न गर्दै भने ।
त्यस्तै सांसद लेखले देशको प्रधानमन्त्रीले लात्ताले हान्छु भनेर अभिव्यक्ति दिन पाइन्छ भनेर गुनासो गरेका छन् । ‘म यस्तो देशमा छु । जुन देशको प्रधानमन्त्रीले लात्ताले हान्न सिकाउछँ । के यसरी बोल्न पाइन्छ ? यसको जवाफ दिनुहोला ।’, उनेले भने ।




प्रतिक्रिया